कृत्तिका नक्षत्रको फल
तपाईं राम्रो सल्लाहकार र आशावादी हुनुहुन्छ। प्रतिष्ठापूर्ण र सभ्य जीवन बिताउनु र तपाईंको विशेषता हो। तपाईंको अनुहार साह्रै नै जीवन्त देखिन्छ र तपाईंको छिट्टो हिंड्नुहुन्छ। अंग्रेजी शब्द Critical यही नक्षत्र कृत्तिकाबाट बनिएको हो। त्यसैले, मान्छेमा कमजोरी फेला पार्नु र तिनीहरूको समाधान गर्ने प्रयास गर्नु तपाईंको एउटा विशेष गुण हो। यसका साथै तपाईँ कुनै पनि कामका परिणामको विश्लेषण गर्न र त्यस कार्यमा आइपर्ने अप्ठ्यारा र हानिहरूको पत्ता पाउनमा विशेषज्ञ हुनुहुन्छ। तपाईं सामाजिक सेवामा चासो लिने पुरूष (वा महिला) हुनुहुन्छ र आफुले भनेको कुरा गरेरै पनि छोड्नुहुन्छ। नाम र प्रसिद्धिको कुरा गर्नु हो भने तपाईंलाई यससंग केही लिनु दिनु छैन र तपाईँले कसैबाट केही लिन पनि चाहनु हुँदैन। तपाईंले सबै कुरा आफैले गर्नमा विश्वास गर्नुहुन्छ। तपाईँलाई कसरी विभिन्न परिस्थितिसंग समायोजन गर्नु पर्ने भन्ने थाहा छैन र यसैले गर्दा तपाईं आफ्नो निर्णयमा दृढ रहनु हुन्छ। तपाईंलाई बाहिरबाट हेर्दा साह्रै नै कठोर लाग्न सक्छ, तर तपाईंको हृदयमा प्रेम, स्नेह र दया लुकेको छ। अनुशासन कायम गर्नको लागि मात्रै तपाईं रिसाउनु हुन्छ। तपाईं कसैलाई कहिल्यै पनि तर्साउन चाहनुहुन्न। यसका साथसाथै तपाईंमा आध्यात्मिकताको चासो छ। तपाईंले जप, तप, व्रत आदि गरेर धार्मिक जीवनमा प्रगति गर्न सक्नुहुन्छ। एकपटक तपाईंले आध्यात्मिकताको बाटोमा हिंड्न निर्णय गरेपछि तपाईंलाई यो संसारका कुनै कुराले रोक्न सक्दैन। साह्रै नै मेहनत कामदार भएको कारणले गर्दा तपाईँले नियमित केही न केही गरिरहन चाहनुहुन्छ। चाहे त्यो शिक्षा होस्, काम होस्, वा व्यापार क्षेत्र होस्, तपाईं सबैको अगाडि पुग्न चाहनुहुन्छ। असफल हुने वा पछि पर्ने कुरालाई तपाईंले सहन सक्नु हुँदैन। तपाईंको स्वभाव इमानदार भएको कारणले तपाईंलाई धेरैले ठग्न पनि सक्छन्। तपाईंले सकेसम्म आफ्नो जन्म ठाउँदेखि टाढा बस्ने प्रयास गर्नु पर्नेछ जसले तपाईंलाई अझ बढी लाभ दिनेछ। तपाईं अरूका समस्याहरूको लागि उचित र प्रभावकारी सुझाव दिन सक्षम हुनुहुन्छ। तपाईंले आफ्नो नाम, ख्याति र धनको लागि कसैको पछि परेर वा गलत तरिका यी सबै प्राप्त गर्न चाहनु हुँदैन। तपाईंलाई सम्पत्ति कमाउने राम्रो कौशल छ र कठिन काम गरेर तपाईंले कुनै पनि उद्देश्यलाई प्राप्त गर्न सक्नुहुन्छ। तपाईंको सामाजिक जीवन पनि महिमित हुनेछ। तपाईं आकर्षक देखिनु हुन्छ र सफाईमा प्रेम गर्नुहुन्छ। तपाईंको जीवनको कुरा गर्दा यो सबै तपाईंको नियम र धार्मिक शिक्षाको फल हो। तपाईंको संगीत र कला तर्फ विशेष चासो रहनेछ। तपाईँले धेरै राम्रो तरिकाले अरूलाई सिकाउन पनि सक्नु हुनेछ।
शिक्षा र आय
तपाईं सामान्यतया आफ्नो जन्मेको ठाउँमा बस्नु हुँदैन र कामको लागि विभिन्न ठाउँमा जाने गरिरहनु हुन्छ। तपाईंलाई भाग्यशाली बनाउन सक्ने केही पेशाहरू छन् जस्तै; फार्मासिस्ट, ईन्जिनियरिङ्; गरगहना बनाउने सम्बन्धित काम; विश्वविद्यालयको वरिष्ठ अधिकारी वा एउटा विभागको अध्यक्ष; वकिल; न्यायाधीश; सेना; प्रहरी वा सुरक्षा बल; दमकल अधिकारी; शिशु हेरविचारको काम; अनाथालय सम्बन्धित काम; व्यक्तित्व विकास र आत्मविश्वास निर्माण सम्बन्धित कार्यहरू; आध्यात्मिक गुरु वा वक्ता; मिठाई बनाउने, बेकरी, वेल्डिंग, नकर्मी जस्ता आगोसंग सम्बन्धित व्यवसायहरू; सिलाई-बुनाई, सिलाइ, चीनी माटो वा काओलिनका वस्तुहरू बनाउने र आगो वा तेज धार भएका सामान हुने सबै साधनहरू समावेश छन्।
पारिवारिक जीवन
तपाईंको वैवाहिक जीवन आनन्दित रहनेछ। जोडी कुशल, प्रतिबद्ध, वफादार र घरेलू हुनेछ। घरमा यस्तो राम्रो वातावरण भए तापनि तपाईंका जोडीको स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ। तपाईंको जीवन साथी तपाईंले पहिले नै चिन्नु भएको हुन सक्छ। प्रेम विवाह पनि हुन सक्ने सम्भावनाहरू छन्। तपाईंको आफ्नी आमासंग विशेष लगाउ छ र यस कारण तपाईंलाई आफ्ना भाइ बहिनीहरू भन्दा उनको बढी प्रेम प्राप्त हुनेछ। तपाईंका जीवनको 50 वर्षसम्म साह्रै नै कष्ट हुन सक्ने संभावनाहरू छन्। तर 50 वर्षदेखि लिएर 56 वर्षको उमेरसम्म समय धेरै राम्रो छ।
Astrological services for accurate answers and better feature
Astrological remedies to get rid of your problems
AstroSage on MobileAll Mobile Apps
AstroSage TVSubscribe
- Horoscope 2026
- राशिफल 2026
- Calendar 2026
- Holidays 2026
- Shubh Muhurat 2026
- Saturn Transit 2026
- Ketu Transit 2026
- Jupiter Transit In Cancer
- Education Horoscope 2026
- Rahu Transit 2026
- ராசி பலன் 2026
- राशि भविष्य 2026
- રાશિફળ 2026
- রাশিফল 2026 (Rashifol 2026)
- ರಾಶಿಭವಿಷ್ಯ 2026
- రాశిఫలాలు 2026
- രാശിഫലം 2026
- Astrology 2026






